हेटौंडामा कोरोनाको त्रासः जिल्ला बचतको कार्यशाला गोष्ठी स्थगित
विश्वभर फैलिएको नोबेल कोरोनाभइरस संक्रमणका कारण सरकारले सार्वजनिक कार्यक्रम गर्न रोग लगाए सँगै हेटौंडामा संञ्चालन गर्ने भनिएको कार्यशाला गोष्ठी स्थगित गरिएको छ । जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरले आयोजनामा फागुन २४ र २५ संचालन गर्ने भनिएको कार्यशाला गोष्ठी स्थगित गरिएको हो ।
जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरले गोष्ठी स्थगित गरिएको बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।
उक्त गोष्ठी अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जिल्ला बचत संघ मकवानपुरकी अध्यक्ष कल्पना श्रेष्ठले बताएकी छिन् ।