मिस वर्ल्ड टोनी नेपाल आइपुगिन्, श्रृखंला खतिवडाको प्रोजेक्ट अवलोकल गर्न मकवानपुर आउने 

हेटौडा न्युज
२२ फाल्गुन २०७६, बिहीबार १७:५०
;

मिस वर्ल्ड २०१९ की विजेता टोनी एन सिंह नेपाल आईपुगेकी छिन् ।  तीनदिने नेपाल भ्रमणका लागि टोनी केही बेरअघि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी हुन्।

उनलाई मिस नेपाल २०१९ कि विजेता अनुष्का श्रेष्ठ र पूर्व मिस नेपाल श्रृंखला खतिवडाले विमानस्थलमा स्वागत गरेका हुन् । नेपालमा रहँदा टोनीले मकवानपुरदेखि सिन्धुपाल्चोकको भ्रमण गर्नेछिन्।

२३ फागुनमा उनी सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा निर्माणाधीन हिमालयन ग्रेट ट्रेलको अवलोकन गर्ने जनाईएको छ । 

त्यस्तै मिस नेपाल २०१९ कि विजेता अनुष्का श्रेष्ठको पहलमा हेलम्बुको सोस्लिङ प्रोजेक्टको पनि अवलोकन गर्ने कार्यक्रम रहेको हिडन् ट्रिजरले जनाएको छ।
त्यस्तै टोनी अघिल्लो वर्षकी मिस नेपाल श्रृखंला खतिवडाको प्रोजेक्ट अवलोकल गर्न शनिबार मकवानपुर पनि आउने कार्यक्रम रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*