१३ वर्षीय बालिका झुन्डिएको अवस्थामा जिवितै फेला 

हेटौडा न्युज
२२ फाल्गुन २०७६, बिहीबार १८:१७
;

दोलखामा १३ वर्षीय बालिका झुन्डिएको अवस्थामा जिवितै फेला परेकी छन्। विगु गाउँपालिका-२, ओराङको चामटाङमा विगु गाउँपालिका–२, ओराङककी कुमारी मगरलाई रुखमा झुन्डिएको अवस्थामा बुधबार फेला पारिएको हो ।

मगरलाई झुन्डिएर अचेत  भएको अवस्थामा आफन्त, छिमेकी र प्रहरीले उद्धार गरी सिंगटीस्थित अस्पताल लगेका थिए । अस्पतालमा प्राथमिक उपचार पश्चात काठमाण्डौं रिफर गरिएको इलाका प्रहरी कार्यालय सिंगटीले जनाएको छ । 

 इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक सुनजित तामाङका अनुसार दिउँसो दाउरा लिन गएकी उनी डोकोको नाम्लोको पासो बनाइ रुखमा झुन्डिएको अवस्थामा फेला परेको थियो । बालिका जीवितै रहेपनि अवस्था गम्भीर रहेकोले थप उपचारको लागि एम्बुलेन्समार्फत काठमाडौ बासबारीस्थित न्युरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ । 

आफन्तकोमा बसोबास गर्दै आइरहेकी मगरले के कति कारणले आत्महत्या प्रयास गरेकी हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक तामाङले  जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*