कोरोनाको त्रासः यस वर्ष होली नमनाउन प्रशासनको आग्रह  [सूचनासहित]

हेटौडा न्युज
२२ फाल्गुन २०७६, बिहीबार १८:५७
;

विश्वभर कोरोना भाइरसको त्रास फैलिरहेका बेला होली नमनाउन प्रशासनले सबैमा आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीवार विज्ञप्ति जारी गर्दै होली लगायतका कार्यक्रम आयोजना नगर्न र त्यस्ता कार्यक्रममा सहभागी नहुन आग्रह गरेको हो ।

छिमेकी मुलुक चीनबाट शुरू भएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण युरोपदेखि अमेरिकासम्म पनि फैलिसकेको छ । नेपालमा पनि यसको संक्रमण फैलिन सक्ने डरले होली नमनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको हो ।

""
 

यसमा तपाइको मत

Your email address will not be published.


*