कार्यालय सहयोगीलाई अतिथी सत्कार सम्वन्धी तालिम

हेटौडा न्युज
२२ फाल्गुन २०७६, बिहीबार २०:०६
;

कार्यालय सहयोगीहरुलाई अतिथी सत्कार सम्वन्धी दुईदिने तालिम हेटौंडामा शुरु भएको छ । बागमती प्रदेशका मन्त्रालय र मातहतका कार्यालयका कार्यालय सहयोगीहरुलाई लक्षित गरी दुईदिने अतिथी सत्कार तालिम शुरु गरीएको हो ।

बागमती प्रदेश प्रमुखको कार्यालयको अयोजनामा प्रदेशका सबै मन्त्रालय, निर्देशनालयहरु र मातहतका कार्यालयमा कार्यरत कार्यालय सहयोगीहरुका लागि अतिथी सत्कार सम्वन्धी तालिम दिन सुरु गरिएको हो ।

कार्यालयमा आउने सेवाग्राही र अतिथीहरुलाई कसरी सत्कार गर्न सकिन्छ भन्ने विषयमा लक्षित गरी तालिम संचालन गरीएको हो ।

कार्यक्रममा प्रदेश प्रमुख कार्यालयका सचिव दुर्गादत्त ढकालले कार्यालय सहयोगिहरुलाई आफुले गर्ने कामलाई थप मर्यादित र राम्रो वनाउन पनि यो कार्यक्रम महत्वपूर्ण हुने बताए ।

दुईदिन सम्मको तालिममा नेपाल पर्यटन तथा होटल व्यावस्थापन प्रतिष्ठानका उप विभागिय प्रमुख सूर्यकिरण श्रेष्ठले सहजीकरण गर्ने छन् । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*