बागमती प्रदेशका जनता स्वास्थ्य सेवाबाट बञ्चित हुन पर्दैनः मन्त्री दुलाल

सामाजिक विकास मन्त्री युवराज दुलालले मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण जनताको हितका लागि लागु गरीएको बताएका छन् । आज बागमती प्रदेशको राजधानी हेटौंडाको हेटौंडा अस्पतालबाट कार्यक्रमको पुनः औपचारीक शुभारम्भ गर्दै प्रदेश सरकारले जनताको स्वास्थ्यलाई ध्यानमा राखेर यस कार्यक्रमको शुरुवात गरीएको बताएका हुन् ।
यस कार्यक्रमको शुरुवात पश्चात बागमती प्रदेशका कुनै पनि जनता स्वास्थ्य सेवाबाट वञ्चित हुन नपर्ने बताएका हुन् । उनका अनुसार अब प्रदेशवासीले अस्पताल नगइ रोग लुकाएर तथा रकमको अभावमा रोग पालेर वस्नुपर्नै अवस्थाको नरहेको बताए ।
प्रदेश सरकारले हालका लागि यो कार्यक्रम सरकारी स्वामित्वको हेटौडा अस्पताल सहित अन्य १५ वटा अस्पतालबाट शुरु गरीएको छ ।











