चट्याङ लागेर ६० वर्षीय महिलाको मृत्यु
डोटीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । सायल गाउँपालिका–२, सिर्मा गाउँमा चट्याङ लागेर ज्यान गुमाउनेमा ६० वषर्सया जसुदेवि ओलीको मृत्यु भएको हो ।
बुधबार बेलुका साढे ६ बजेतिर घरमा बसिरहेको बेला एक्कासी परेको चट्याङले लागेर ओलीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
घटनास्थल सायल प्रहरी चौकीदेखि टाढा रहेको र चौकीमा बिहिबार दिउँसो मात्रै खबर आएकोले प्रहरी घटनास्थल पुग्न नसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरिक्षक दिलीपसिंह देउवालले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।