विप्लव समुहका सदस्य हतियारसहित पक्राउ 

हेटौडा न्युज
२२ फाल्गुन २०७६, बिहीबार २१:२९
;

नेत्र विक्रम चन्द (विप्लव) समूहका जिल्ला सदस्य पक्राउ परेका छन् । भोजपुरको टेम्केमैयुङ गाउँपालिका –१ तिम्मा घर भएका ३३ वर्षीय सुमित परियारलाई प्रहरीले पक्राउ गरेको हो । 

परियारलाई गत बुधबार राति हातहतियारसहित सोही गाउँपालिकाको कोटबाट पक्राउ गरेको भएपनि आज मात्र प्रहरीले सार्वजनिक गरेको हो । परियारको साथबाट बम बनाउन प्रयोग गरिने डिटोनेटर दुई थान, थ्रीनट थ्री राइफलको गोली तीन थान, नेपाल टेलिकमको पाँच थान सिमकार्ड र एनसेलको एक थान सिमकार्ड बरामद  गरिएको प्रहरीले जनाएको छ । 

साथै परियारको साथबाट चन्दा अशुली गरेको रसिद र पार्टीका केही दस्तावेज समेत बरामद भएको भोजपुरका प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*