अपडेटः कोरोना लागेको व्यक्ति टेकुबाट भागेर विराटनगर !

हेटौडा न्युज
२२ फाल्गुन २०७६, बिहीबार २२:४४
;

कोरोना भाइरसको आशंका गरिएका एक व्यक्ति टेकुबाट भागेर विराटनगर पुगेका छन् ।  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट भागेका उनको मोबाइल ट्र्याक गर्दा विराटनगर पुगेको खुलेको हो । उनलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय मोरङको टोली खटिएको जनाइएको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार सुनसरीको इटहरी घर भएका उनी गएराति साढे १० बजेतिर अस्पतालबाट भागेको जानकारी आएको जनाएको छ । 
उनका अनुसार मंगलबार कोरियाबाट फर्किएका उनलाई परिवारले कोरोनाको आशंकामा टेकु अस्पताल लगेका थिए । 

चेकजाँचका क्रममा अस्पतालले उनलाई भर्ना गरेपछि गएराति अस्पतालको पछाडिपट्टीको झ्यालबाट फरार भएको स्रोतले जनाएको छ । 

अस्पतालले प्रहरीलाई जानकारी गराएपछि उनको खोजी तीव्र पारिएको थियो । सम्भावित ठाउँमा उनलाई खोजी गर्दा फेला नपरेपछि प्रहरीले मोबाइल ट्र्याक गरेर उनको लोकेसन पत्ता लगाएको हो । 

उनको रिपोर्ट आउन बाँकी रहेकाले कोरोना भए–नभएको पुष्टि भने भईनसकेको अस्पालको स्रोतले जनाएको छ । 
यो भाइरस नेपालमा एक जनामा भएको पुष्टि भएपछि हालसम्म नयाँ संक्रमित भने फेला पर्न सकेका छैनन् । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*