वन मन्त्रालयको सरोकारवालालाई आग्रह: सचेत रहौं, जनचेतना जगाऔं
विश्व भर कोरोना भाइरसले महामारीको रुप लिइरहेको बेला सचेत रहि आफ्नो क्षेत्रमा सचेतना मुलक कार्यक्रम गर्न बागमती प्रदेश उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्रालयले आफ्ना मातहतका निकायलाई आग्रह गरेको छ ।
नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेकोले यसको जोखिम न्यूनीकरण का लागि बागमती प्रदेश सरकारले सतर्कता कायम गरि पुव तयारिको आवश्यक व्यवस्था समेत मिलाइसकेको जानकरी गराउदै त्यतिले मात्र प्रयाप्त नहुने भएकोले सबै सरोकारवाला हरुले आफ्नो ठाउँ बाट सतर्कता अपनाउन आग्रह गरेको हो ।
मन्त्रालयले उद्योग तथा पर्यटकीय क्षेत्रमा सरोकारवालाहरुलाई सरसफाइ गर्न तथा व्यक्तिगत सुरक्षाका समाग्रीको ब्यवस्थापन गर्न र अन्य आकस्मिक सेवा संचालन गर्न आग्रह गरेको छ ।
मन्त्रालयले बिहीवार एक सुचना जारी गर्दै आम नागरिकमा भाइरस बारे सचेत बनाउन साथै अनावश्यक हल्ला नफैलाउन आग्रह गरेको छ ।
त्यस्तै सामुदायिक तथा कबुलियत वन समुहहरुले आफ्नो क्षेत्रमा सचेतना मुलक कार्य गर्न, सरसफाइ अभियान संचालन गर्न, गरिब तथा विपन्न वर्गलाई सुरक्षा सामाग्री वितरणमा सहयोग गर्न तथा मेला, महोत्सव, सेमिनारहरुमा धेरै संख्यामा जन सहभागिता हुने कार्यक्रम तत्काल स्थगन गर्न आग्रह गरेको छ ।
त्यस्तै घरेलु तथा साना उद्योग, उद्योग वाणिज्य संघ, उपभोक्त हित संरक्षण निर्देशनालयलाई अत्यावश्यक सामग्रीको सहज आपूर्तिको व्यवस्था मिलाउन तथा कालोबजारी नियन्त्रणका लागि प्रभावकारी भुमिका खेल्न आग्रह गरेको छ ।