हेटौंडाबाट पक्राउ परेका विप्लवका व्यूरो सदस्यले गरे आत्मसमर्पन 

हेटौडा न्युज
२३ फाल्गुन २०७६, शुक्रबार १६:३८
;

नेत्रविक्रम चन्द (विप्लव) समुह सदस्यले आत्मसमर्पन गरेका छन् । हेटौंडाबाट पक्राउ परेका जनकपुर अञ्चल व्यूरो सदस्य कपिल भनिने शेरबहादुर वाइवाले आत्मसमर्पण गरेका हुन् ।

हरिहरपुरगढी गाउँपालिका–३ गुरुजी घर भएका ४२ वर्षीय वाइवाले बिहीबार जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा आत्मसमर्पण गरेका हुन् । 

संगठित अपराध, आगजनी, बम विस्फोट लगायतका मुद्दामा धरौटीमा छुटेका वाइवा उक्त समूहका जिल्ला सह–इन्चार्ज समेत रहेका थिए । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*