तत्काल स्कुल, कलेज बन्द गर्न सांसदको माग

हेटौडा न्युज
२३ फाल्गुन २०७६, शुक्रबार १८:४८
;

कोरोना भाइरसको जोखिम रहेकोले तत्काल शैक्षिक संस्था बन्द गराउन प्रमुख प्रतिपक्षी कांग्रेसकी सचेतक पुष्पा भुसालले माग गरेकी छन् । आज शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै भुसालले जोखिमपूर्ण अवस्थामा बालबालिका स्कुल, कलेज जान बाध्य भइरहेको भन्दै बन्द गराउन माग गरेकी हुन् । 

हिजो भर्खर जिल्ला प्रशासन कार्यालयले सभा, सम्मेलनमा, घरबाहिर नजानु भनेर परिपत्र गरेको हामीले पढ्न पायौं । एकातिर त्यो सर्कुलर छ भने अर्कोतिर लाखौं बालबालिका स्कुल जान बाध्य भइरहेका छन्, चैत ५ गतेसम्म स्कुल बन्द नगर्ने सूचना पनि आइरहेका छन्, उनले भनिन्, यस्तो अवस्थामा सरकारले तत्काल स्कुल, कलेज बन्द गराउन सभामुखमार्फत निर्देशनका लागि म आग्रह गर्दछु ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*