एकै विद्यालयका ६० जना विद्यार्थीमा मौसमी रुघाखोकीको संक्रमण

हेटौडा न्युज
२३ फाल्गुन २०७६, शुक्रबार १८:४९
;

गोरखामा एकै विद्यालयका ६० जना विद्यार्थीलाई मौसमी रुघाखोकी र ज्वरोको संक्रमण देखिएको छ । जिल्लाको अजिरकोट गाउँपालिका २ खरिबोटमा रहेको प्रभा माध्यमिक विद्यालयका ६० जना विद्यार्थीमा संक्रमण देखिएको हो ।

गत तीन दिनदेखि विद्याथर्तीहरुमा संक्रमणको समस्या देखा परेको हो । विश्वभरि कोरोना भाइरसले त्रसित महामारीको रपमा फैलिरहेको अवस्थामा गोरखाको एकै विद्यार्थीमा यस्तो समस्या देखा पर्दा स्थानीय जनतामा त्रसित बनेका छन् । समस्या देखापरे लगतै विद्यार्थीहरु विद्यालय आउन छाडेका छन् ।

रुघाखोकी लाग्ने, छाती दुख्ने, टाउको दुख्ने र कतिपयमा ज्वरो पनि आउने भएकाले गाउँपालिकाको स्वास्थ्य शाखाले विद्यालयमा नै स्वास्थ्य टोली पठाएर उपचार कार्य गरीरहेको छ ।

मौसम परिवर्तनका कारण यस्तो समस्या देखिए पनि डराउनु पर्ने अवस्था नरहेको बताइएको छ ।
अहिले जिल्ला अस्पतालबाट डाक्टर सफल सुवेदी नेतृत्वको स्वास्थ्य टोली पनि प्रभावित क्षेत्रमा सेवा दिन खटाइएको बताइउको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*