टिप्परले ठक्कर दिँदा पत्नीको मृत्यु, पती गम्भीर घाईते

पाल्पामा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाईते भएका छन् । दुर्घटनामा तानसेन नगरपालिका–७ की ५५ वर्षीया मधु श्रेष्ठको मृत्यु भएको हो ।
तानसेनबाट बुटवल आउँदै गरेको लु७प ४३४ नम्बरको मोटरसाइकलाई सोही दिशाबाट आउँदै गरेको लु२ख ३१७८ नम्बरको टिप्परले ठक्कर दुर्घटना भएको हो
उनका पति हिमालप्रसाद श्रेष्ठ गम्भीर घाइते भएका छन् । उनको लुम्बिनी मेडिकल कलेज प्रभास तानसेनमा उपचार भइरहेको छ । प्रहरीले ठक्कर दिने टिप्परलाई नियन्त्रणमा लिएको जनाएको छ ।











