बारामा सवारी दुर्घटना हुँदा हेटौंडाका दुराल घाईते

बारामा सवारी दर्घटना हुँदा हेटौंडाका एक युवक घाईते भएका छन् । सिमरा उपमहानगरपालिका–१६ स्थित दुर्घटना हुँदा ना १२ प ९१२ नम्बरको मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका– ७ बस्ने २८ वर्षीय मिठाराम दुराल घाईते भएका हुन् ।
प्रहरीले दुराल दुर्घटनामा परेको ठाउँभन्दा केही मिटर पश्चिमबाट बा. १३ च १९७६ नम्बरको जीपलाई नियन्त्रणमा प्रहरीले जनाएको छ ।
उक्त जीपको अगाडिको भाग क्षतिग्रस्त भएकाले त्यो जीपले मोटरसाइकललाई ठक्कर दिएको हुन सक्ने आशंका प्रहरीले जीप र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान प्रहरीले जनाएको छ ।