दुईवटा टिप्पर ठोक्कियो, दुईजना घाईते

बिहीबार राति बल्खुमा दुई टिपर ठोक्किँदा दुई जना घाइते भएका छन्। कलंकीबाट आउँदै गरेको र सानेपाबाट कलंकीतर्फ जाँदै गरेको टिपर एकआपसमा ठोक्किएपछि दुईजना घाईते भएका हुन् ।
बा २ क ३४६४ नम्बरको र बा ५ ख ९१६६ नम्बरको टिपर ठोक्किँदा दुई जना सामान्य घाइते भएका हुन् ।
तिव्र गतिमा सवारी चलाईएको हुँदा दुर्घटना भएको डिएसपी कुँवरले जनाएको छ । एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अर्का एक जना पनि सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।
दुबै टिपर पूर्ण रुपमा क्षति भएका छन्।











