ग्यासको अभाव नहुने भएकाले नआत्तिन उपभोक्तालाई आग्रह
सरकारले ग्यास लगायतका दैनिक उपभोग्य वस्तुको अभाव नहुने भएकाले नआत्तिन उपभोक्तालाई आग्रह गरेको छ । कोरोना भाइरसको जोखिम बढेको भन्दै बजारमा ग्यासको माग बढेपछि सरकारले उपभोक्तालाई नआत्तिन र चाहिनेभन्दा धेरै स्टकमा नराख्न आग्रह गरेको हो ।
ग्यासको आपूर्ति सजिलै भइरहेकाले अभाव नहुने हुँदा आवश्यकताभन्दा धेरै नलिन वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले आग्रह गरेका छन् ।
बजारमा ग्यासको कृत्रिम अभाव गराउनेलाई कारबाही हुने पनि उनले बताए । कोही कसैले ग्यास लुकाएको थाहा पाए वा ग्यास नदिए फोन नम्बर ११३७ मा वा ९८५११४४१८९ मा सम्पर्क गरेर जानकारी दिन पनि महानिर्देशक सुवेदीले आग्रह गरेका छन् ।
ग्यासको आवश्यकताभन्दा बढी स्टकमा राख्दा जोखिम बढ्ने भएकाले उपभोक्तालाई सचेत रहन सरकारले आग्रह गरेको छ ।