मकवानपुरको बकैयामा अवैधरुपमा खोला उत्खनन् गर्ने एक्साभेटर र टिपर नियन्त्रणमा

२३ फाल्गुन २०७६, शुक्रबार २१:५०
मकवानपुरको बकैया गाउँपालिका–७ स्थित अवैधरुपमा खोला उत्खनन् गरिरहेको एक्साभेटर र टिपरलाई नियन्त्रणमा लिइएको छ ।
बकैया र सिमात खोलामा ढुङ्गा, गिट्टी, बालुवाको अवैध उत्खनन् गर्ने एक्साभेटर र टिफर डिभिजन वन कार्यालय मकवानपुरको टोलीले नियन्त्रणमा लिएको हो ।
डिभिजन वन मकवानपुरका प्रमुख इमनाथ पौडेलका अनुसार बा २ क ९२३१ नम्बरको एक्साभेटर र बा २ क ६६६२ नम्बरको टिपर नियन्त्रणमा लिइएको छ ।