निजामती कर्मचारीको मुख्यमन्त्रीलाई ज्ञापन पत्र

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती कर्मचारीहरुले विभिन्न ३५ बुँदे माग सहित बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसमक्ष ज्ञापन पत्र बुझाएका छन् । विदेश भ्रमणमा जान पाउनु पर्ने, छोरा छोरीको शिक्षा, स्वास्थ्यको उचित व्यवस्था राज्यबाट नै गरीनु पर्ने जस्ता माग सहित ज्ञापन पत्र बुझाएका हुन् ।
संगठनका बागमती प्रदेशका अध्यक्ष पुरुषोत्तम रायमाझी सहितको टोलीले बागमती प्रदेशका प्रमुख सचिव तोयम रायामार्फत मुख्यमन्त्री पौडेलसमक्ष आफ्ना मागहरु लिखित रुपमा प्रस्तुत गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।
संगठनले प्रदेशका सामाजिक मन्त्री युवराज दुलाल समक्ष हेटौंडामा बिहीवार एक अन्तक्रिया कार्यक्रमको आयोजना गर्दे राखेको मागलाई परिमार्जन गरी मुख्यमन्त्री पौडेलसमक्ष आफ्ना मागहरु सहित ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापनपत्रमा उल्लेख भए अनुसार संघीय सरकारले प्रदान गर्ने तालिम भ्रमण, वैदेशिक तालिम भ्रमणमा कर्मचारी पठाउँदा संघ, प्रदेश र स्थानीय तहका कर्मचारीलाई पनि समानुपातिक रुपमा छनौट गरिनु पर्ने, निजामती कर्मचारीहरुको परीवारका लागि उचित शिक्षा र स्वास्थ्यको ग्यारेन्टी सरकारले गर्नु पर्ने जस्ता माग राखेको छ ।