मन्त्री फुयाँल सुरुङ निर्माण स्थलमा, सुरुङमार्ग प्रवेशद्वार निर्माण स्थलको अवलोकन
भौतिक पुर्वाधार मन्त्री रामेश्वर फुयाँलले भीमफेदी कुलेखानी सुरुङमार्ग प्रवेद्वार निर्माण स्थलको अवलोकन गरेका छन् । मकवानपुरको भिमफेदी गाँउपालिकाको धापमा पुगेर बागमती प्रदेशका भौतिक पुर्वाधार मन्त्री फुयाँलले प्राविधिक टोलीले सुरुङ मार्गको रहने प्रवेद्वारको स्थलगत अवलोकन गरेका हुन् । मन्त्री फूयाँलले सुरुङ मार्ग प्रवेश द्वारको तत्कालिन अबस्थाबारे जानकारी लिएका छन् ।
सुरुङमार्गको सर्भेका लागि अहिले सुरुङ निर्माण क्षेत्रमा ४५ जना खटिरहेका छन् । सुरुङमार्ग निर्माणको अवस्था बारे जानकारी लिन आज बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री रामेश्वर फुँयाल सहितको टोली भीमफेदीको सुरुङ निर्माण स्थलमा पुगेको थियो ।
मन्त्री फूयाँलका अनुसार केहि समय भित्र आवश्यक काम सम्पन्न गरी प्रदेश सरकारसमक्ष रिर्पोट पेश गर्ने तयारी गरेको बताएका छन् । प्रदेश सरकारलेको अनुमति छिटो आएका आगामी वैशाखको अन्तिम सम्ममा टेण्डर प्रकृया अघि बढाइने छ ।
सुरुङको लम्वाई ३ किलोमिटर २ सय मिटर रहने अनुमान गरिएको छ । सुरुङ निर्माणका लागि करिब १५ अर्ब खर्च लाग्ने देखिएको बताइएको छ । सुरुङ निर्माण गरीने क्षेत्रमा विकिरिणहरु पठाएर भौगोलिक अवस्थाबारे जानकारी लिइ काम अघि बढाइने बताइएको छ ।