“सुरुङमार्ग निर्माणमा कसैले पनि बुढो गोरुले गाई ओगटेको जसरी बस्न पाईँदैन ।”: अध्यक्ष लामा

हेटौडा न्युज
२३ फाल्गुन २०७६, शुक्रबार २३:२७
;

भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले सुरुङ मार्गसंग बाग्मती प्रदेश सरकार र सबै जनाताकोे इज्जत जोडिएको भन्दै यो गौरवको आयोजना निर्माणमा कसैले पनि बाधा पुर्‍याउन नहुने बताएका छन् । लामाका अनुसार “पोष्टबहादुर बोगटी भीमफेदी कुलेखानी सुरुङमार्ग” निर्माणको लागि भीमफेदी गाउँपालिकाले मुआब्जा लगायतको विषयमा सहयोग गर्ने समेत बताएका छन् ।
 
अध्यक्ष लामाले गाउँपालिकाले यो आयोजना निर्माणका लागि हर प्रयास गर्ने र गाउँबासीलाई स्थानीय स्तरबाट आयोजना निर्माणमा सकेको सहयोग गर्ने आग्रह समेत गरेका छन् । 

उनले भने “ सुरुङ मार्गको लागि आवश्यक भैंसे भीमफेदीमा नीजि घरहरु खासै ठुला पर्दैनन् त्यसकारण मुआब्जामा ठुलो समस्या नहोला तर जग्गाहरुको विषयमा जनतालाई बुझाएर, सम्झाएर हामी अगाडी बढ्छौं ।” 

उनले सुरुङ मार्ग निर्माणमा गाउँपालिका वासिको पुर्ण सर्मथन र साथ रहेको विश्वास समेत व्यक्त गरे ।

अध्यक्ष लामाले यस अघि निर्माण गर्ने भनेर जनता संग पैसा उठाएर काम नगर्ने नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडहलाई व्यङ्ग्य गर्दै कमप्नीलाई तत्काल कारवाहिको दायरामा ल्याउन समेत गाउँपालिकाले सहयोग गर्ने बताए ।

उनले भने यो गौरवको आयोजनामा प्रदेश वासीको गहिरो भावना जोडिएकोले सुरुङ मार्गको परियोजनामा कोहि पनि तगारो बन्न नहुने बताएका हुन् । उनले भने “यस आयोजना निर्माणमा कसैले पनि बुढो गोरुले गाई ओगटेको जसरी बस्न पाईँदैन ।”

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*