हेटौंडामा पनि यसपाली होली खेल्न नपाईने
हेटौंडामा होली खेल्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले प्रतिबन्ध लगाएको छ । बिहीवार जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय बैठकले जिल्लामा सभा, समेल्लन तथा कुनै पनि सार्वजनिक कार्यक्रम नगर्न निर्देशन दिएको थियो ।
कारोना भाईरसको मध्यनजर गर्दै सभा, सम्मेलन, सार्वजनिक कार्यक्रम नगर्न निर्देशन दिएपछि आज शुक्रबार प्रशासनले सूचना जारी गर्दै होली ९फागु पूर्णीमा० खेल्ने क्रममा हुने भीडभाडको कारण जोखिम बढ्न सक्ने देखिएकोले होलीको कार्यक्रम आयोजना नगर्न र त्यसमा सहभागी नहुन अनुरोध गरेको हो ।
कोरोना भइरसको संक्रमणलाई मध्यनजर गर्दै जनमानसमा यसको संक्रमण फैलिन नदिनको लागि भीडभाडमा नजान पनि प्रशासनले अनुरोध गरेको छ ।