औषधि निर्यातमा भारतको सहमति, आपूर्तिमा कुनै पनि समस्या छैन

हेटौडा न्युज
२४ फाल्गुन २०७६, शनिबार ००:२५
;

भारतले औषधि र त्यसका कच्चा पदार्थमा निर्यातमा सहमति जनाएको छ ।  केहि दिन अघि मात्र भारतले २६ प्रकारको  र त्यासका कच्चापदार्थ निर्यातमा रोक लगाएको थियो । उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयका अनुसार औषधि नेपाल पठाउन भारत सहमति जनाएको बताएका हुन् ।

वाणिज्यको सचिव तहमा भएको छलफलबाट भारत नेपालमा औषधी पठाउन सहमत रहेको उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भटट्ले जानकारी दिएका छन् ।

वाणिज्य तथा आपूर्ति सचिव र भारतीय वाणिज्य सचिवबीच कुराकानी भइसकेको र औषधी तथा यसका कच्चा पदार्थ नेपाल पैठारी गर्न आयातकर्तालाई अनुमति पत्र जारी गरेर सहज बनाउन समझदारी भएको मन्त्री भट्टले बताए ।
शुक्रबार मन्त्रालयलमा पत्रकार सम्मेलन गर्दै मन्त्री भट्टले औषधी, इन्धन तथा खाद्यान्नको कुनै अभाव नहुने रनआत्तिन उपभोक्तालाई आग्रह गरेका छन् ।

मुलुकको समग्र आपूर्ति अवस्थामा कुनै पनि समस्या नरहेको भन्दै उपभोक्तालाई आत्तिएर सामाग्रीको भण्डारणमा नलाग्न बताएका हुन् ।

मन्त्रालयका अनुसार नेपालका लागि आवश्यक नुन ६ महिनालाई पुग्ने गरी मौज्दात छ । चिनी झण्डै एक वर्षलाई पुग्ने मौज्दात गरीएको छ भने १० हजार मेट्रिक टन चामल मौज्दात जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*