प्रशासकीय प्रमुख नहुदा नगरपालिकाको काम ठप्प

हेटौडा न्युज
२४ फाल्गुन २०७६, शनिबार १४:३३
;

सर्लाहीको कविलासी नगरपालिका तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृत विहिन बनेको छ । नगरपालिकामा प्रशासकीय अधिकृत नहुदा नगरपालिकाको सम्पूर्ण काम बन्द भएको छ ।

आफूअनुकूल काम जसरी नि काम गर्नु पर्ने यदि त्यसो नभए आक्रमण गर्ने सोही नगरपालिकाका स्थानीय समेत रहेका प्रदेश सभा सांसद सन्जय रायको बारम्बारको धम्कीका कारण तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामकुमार महतो गत ७ पुसमा अन्यत्र सरुवा गराएर पछि नगरपालिका प्रशासकीय अधिकृत बिहिन भएको हो ।
 

प्रमुख प्रशासकीय अधिकृत कार्यालय आउन छाडेको भन्दै अधिकृतको कार्यकक्ष हटाएर उपप्रमुख राधा देवीले आफ्नो कार्यकक्ष नै  खडा गरेकी छिन् । 

गत ७ फागुनमा सामान्य प्रशासन मन्त्रालयले मधुसूदन श्रेष्ठलाई प्रमुख प्रशासकीय अधिकृत नियुक्त गरेर पठाएको तर, उनी हालसम्म पनि कार्यालयमा हाजिर हुन नआएका नगरप्रमुख कौशल किशोर रायले बताएका छन ।

नगरप्रमुख रायका अनुसार प्रशासकीय अधिकृत नहुँदा सामान्य फाराम संकलनको काम बाहेक केही काम गर्न नसकेको बताएका हुन । प्रशासकीय प्रमुख नहुदा नगर विकासका  काम समेत गर्न नसकेको बताए ।

नगरपालिकाम यसअघि नगरप्रमुख र उप-प्रमुखबीचको द्वन्दका कारण सम्पूर्ण काम नै बन्द हुँदै आएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*