३ करोड लागतमा हेटौंडा–६ मा सामुदायीक अस्पताल निर्माण गरिने, मेयर महतद्वारा शिलन्यास

हेटौडा न्युज
२४ फाल्गुन २०७६, शनिबार १४:४०
;

हेटौंडा–६ स्थित सामुदायीक अस्पताल निर्माण गरिने भएको छ । हिमाल मुटु नेपालले गौतम समाजको समन्वयमा आगामी वर्षभित्रै सञ्चालनमा ल्याईने गरि हेटौंडा–६ मा सामुदायीक अस्पताल निर्माण गर्ने भएको हो । उक्त अस्पतालको हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले शिलान्यास गरेका हुन् । 

सामुदायीक अस्पतालका डा.अवन गौतमको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा– ६ का वडाध्यक्ष अर्जुन प्रसाद चौलागाई, केन्द्रीय सचिव गोमा गौतम, गौतम समाजका केन्द्रीय सदस्य अभिमन्यू गौतमको आतिथ्यता रहेको थियो ।

करिब ३ करोड लागतमा निर्माण हुने सामुदायीक अस्पताल हाल १८ शैयाको हुन गौतम समाजका केन्द्रीय सदस्य अभिमन्यू गौतमले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*