मादक पदार्थ सेवन गरी होहल्ला गर्दै रेस्टुरेन्ट तोडफोड गर्ने हेटौंडाका दाहाल पक्राउ
मादक पदार्थ सेवन गरी हेटौंडा –४ नारायणी मल स्थित स्पुन रेस्टुरेन्ट तोडफोड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो शुक्रबार राति मादकपदार्थ सेवन गरी होहल्ला मच्चाउदैँ रेस्टुरेन्ट तोडफोड गर्दै गरेको अवस्थामा हेटौंडा ५ का मनोस दाहाल पक्राउ परेका हुन् ।
वडा प्रहरी कार्यालय हेटौडाका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीको नेतृत्वमा गएको टोलीले उनलाई रेस्टुरेन्टबाट पक्राउ गरेको उक्त जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।