पीडित व्यावसयीलाई कुखुरा व्यवसायी संघ मकवानपुरको १० लाख 

हेटौडा न्युज
२४ फाल्गुन २०७६, शनिबार २०:५२
;

मृतक रामेश्वर गजुरेलको परिवारलाई  कुखुरा व्यवसायी संघ मकवानपुरले बिमा बापतको रकम उपलब्ध गराएको छ । हेटौंडा–११ को कुखुरा व्यवसायी रामेश्वर गजुरेलको परिवारलाई दुर्घटना बिमा बापतको रु १० लाखको चेक हस्तान्तरण गरिएको हो ।

गजुरेलको गत पुस २४ गते हेटौंडा ५ कान्तिराजपथस्थित एक हाडवेयर पसलमा प्लाइउडले च्यापिएर मृत्यु भएको थियो ।

आज शनिबार संघका अध्यक्ष राजु अधिकारीसहितको टोलीले मृतक गजुरेलको घरमै पुगी उहाँको श्रीमती भवानी बस्ताकोटी ९गजुरेल०लाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*