पत्रकार महासंघ सिन्धुलीलाई उद्योग संघ मकवानपुरका सदस्यको कम्प्यूटर सहयोग

हेटौडा न्युज
२४ फाल्गुन २०७६, शनिबार २१:२४
;

नेपाल पत्रकार महासंघ सिन्धुली शाखालाई युवा उद्यमी तथा उद्योग संघ मकवानपुरका सदस्य बुद्धराज अर्यालले १ थान कम्प्यूटर सहयोग गरेका छन् । आज शनिबार पत्रकार महासंघ सिन्धुली शाखाद्वारा आयोजीत एक कार्यक्रममा उनले कम्प्यूटर हस्तान्तरण गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि एवं कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्री र विशिष्ट अतिथि बुद्धराज अर्यालले महासंघका अध्यक्ष राजन कार्कीलाई कम्प्यूटर हस्तान्तरण गरेका हुन्  । 

पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष राजन कार्कीको सभाध्यक्षतामा भएको कार्यक्रमा सिन्धुली शाखाका संस्थापक अध्यक्ष शेषराज दाहाल, पूर्व अध्यक्षहरु, महासंघका पदाधिकारीहरु, सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*