६२ वर्षीय यादवलाई ज्वाइँले गोली प्रहार गरेपछि…..

हेटौडा न्युज
२४ फाल्गुन २०७६, शनिबार २२:१२
;

महोत्तरीमा एक व्यक्तिलाई आफ्नै ज्वाइँले गोली प्रहार गरेका छन् ।  मनरासिसवा नगरपालिका–३ का बासिन्दा ६२ वर्षीय सहदेवप्रसाद यादवलाई घरको छेउमा पिसाब फेर्न निस्किएको बेला आफ्नै कान्छो ज्वाइँ महोत्तरीको औरही नगरपालिका–१ बस्ने सन्तोष यादवले गोली प्रहार गरेको महोत्तरी प्रहरीले जनाएको छ ।

गोली लागेर गम्भीर घाइते हुनुभएका यादवलाई जनकपुरधामस्थित जानकी हेल्थकेयर अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ ।

फागुन १८ गते राति घर बाहिर पिसाब गर्न निस्किनुभएका उहाँमाथि गोली प्रहार भएको थियो । आफुलाई गोली अरु कोही नभइ आफ्नै कान्छो ज्वाइँले प्रहार गरेको पीडित ससुराले प्रहरीसँग दाबी गर्नुभयो ।

यादवमाथि गोली प्रहार गर्ने सन्तोषलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सन्तोषलाई घटना भएकै दिन साँझ नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाही प्रकृया आगाडि बढाइरहेको प्रहरीले जनाएको छ ।

ससुरा र ज्वाइँबीच पैसा लेनदेनकै विवादको कारण गोली प्रहार भएको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेपनि घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*