कम नम्बर ल्याएको भन्दै ३४ जना विद्यार्थीको हात चिर्न लगाउने शिक्षिकालाई विद्यालयले दियो अवकास
विद्यार्थीहरुलाई हात चिर्न लगाउने शिक्षिकालाई विद्यालयले अवकास दिएको छ । कम नम्बर ल्याएको भन्दै विद्यँर्थीलाई हात चिर्न लगाउँने काठमाडौंको जडीबुटीस्थित जागृति एकेडेमीकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यलाई विद्यालयले अवकास दिएको हो ।
राम्रो नम्बर नल्याउने कक्षा ६ र ७ का ३४ विद्यार्थीहरुलाई बिहीबार बेञ्चमा उभ्याएर सिसाकल चिखार्ने ब्लेडले हात चिर्न लगाएको समाचार शनिबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ । घटना बाहिर आएपछि विद्यालयले शिक्षिका कर्मचार्यलाई अवकास दिएको छ ।
विद्यालय व्यवस्थापन समितिको बैठकले दण्ड दिने कार्यलाई निरउत्साहित गर्दै शिक्षकहरुबाट दण्डसहिथ शिक्षणको स्म्मान गर्दै सीतालक्ष्मीलाई शुक्रबारको मितिबाट लागू हुने गरी अवकास दिने निर्णय गरेको प्रिन्सिपल राजनकुमार श्रेष्ठले जानकारी दिएका छन् ।