अस्पतालको गम्भीर लापरबाहीः स्टिल झिक्नुपर्नेमा हड्डी काटियो

४२ वर्षीय पूर्णबहादुर खत्रीको देब्रे कुममा राखिएको स्टिल झिक्नुपर्नेमा डाक्टरले हड्डी काटेर फालेको पाइएको छ । उदयपुर गाईघाटस्थित सिभिल हस्पिटल एन्ड ट्रमा सेन्टरका अर्थोपेडिक डा. सञ्जयकुमार साहले हड्डी झिकिदिएको खत्री बताउँछन्।
खोटाङको दिक्तेल रुपाकोट मझुवागडी–३ बाम्राङका खत्रीको कुममा अप्रेसन गरी स्टिल राखिएको थियो। ‘डा। साहले स्टिल त्यहीं छाडेर हड्डीको टुक्रा काटेर फ्याँकिदिएछन्’, खत्री भन्छन्, ‘अब म गरौं ? स्टिल लगाएर हात ठीक पार्न खोजेको तर डाक्टरले उल्टै हड्डी काटिदिएपछि हात पहिलेको अवस्थामा बनाउने आस मार्यो । यो डाक्टरको गम्भीर लापरवाही हो पूर्णरूपले उपचारको माग गर्दछु ।’
दिक्तेल बजारमा २०७५ माघ ७ गते लडेर उनको देब्रे कुमको हड्डी भाँचिएको थियो । उनी जिल्ला अस्पताल दिक्तेलमा सामान्य उपचारपछि काठमाडौंस्थित नेपाल अर्थोपेडिक अस्पताल पुगेका थिए । उनले सोही अस्पतालमा स्टिल लगाएका थिए ।
अस्पतालका अध्यक्षसमेत रहेका डा. साहले बिरामीको भनाइको खण्डन गरेका गरेका छन् । ‘अप्रे’सनका बेला राखिएको तारले घोटिएर हड्डी छिनेको हो’, उनी भन्छन्, ‘तीन महिना पहिला एक्सरे गर्दा ठीकै थियो।
तर, अप्रेसन गर्दा तारले खाएको देखियो।’ हड्डी औजारले काटेको हो कि तारले भन्ने विज्ञसँग बुभ्mदा थाहा हुने उनको तर्क। उनका अनुसार एक्सरेले प्रस्ट तारकै कारणले चुटिएको देखाएको छ। ‘हड्डी किन का’ट्नु मैले ? ’, उनी भन्छन्, ‘अझ राम्रो पो गर्ने हो।’ स्रोतः स्वदेश नेपाल