मापसे चेकिङ गरिरहेका प्रहरीमाथि छुरा हान्न खोज्ने दुईजनालाई गोली प्रहार गरी पक्राउ 

हेटौडा न्युज
२५ फाल्गुन २०७६, आईतवार १८:३४
;

शनिबार मापसे चेकिङ गरिरहेका प्रहरीमाथि छुरा हान्न खोज्ने दुईजनालाई पक्राउ गरेको छ । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका-२ कोल्हुवामा प्रहरीले गोली चलाएर दुई जनालाई पक्राउ गरेको छ । आत्मरक्षाका लागि प्रहरीले गोली चलाएको हो।

कोल्हुवा क्षेत्रमा एउटै मोटरसाइकलमा तीन जना व्यक्ति मापसे गरेर आएका थिए ।

रोक्न खोज्दा नमानेपछि प्रहरीले मोटरसाइकल लडाएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका एसपी दीपक रेग्मीले जानकारी दिए।
लडाएपछि पछाडिका दुई जनाले सईसाबलाई ढुङ्गा टिपेर हान्ने खोजे, एसपी रेग्मीले भने, चालकसँग  छुरा रहेछ, छुराले हान्न खोजेपछि आत्मरक्षाका लागि गोली चलाइएको हो । 

 गोलीले प्रेम महतोको खुट्टामा चोट लागेको छ भने उनको चितवनस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।

त्यस्तै अर्का मुन्ना महतो र सुरज महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*