कोरोनाको सन्त्रासः १ करोड ६० लाख मानिसहरूको आवातजावतमा रोक

हेटौडा न्युज
२५ फाल्गुन २०७६, आईतवार १८:५१
;

कोरोनाभाइरसका संक्रिमत र त्यसबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि इटालीले लोमबार्डी क्षेत्रसहित देशका १४ प्रान्तका १ करोड ६० लाख मानिसहरूको आवातजावतमा रोक लगाएको छ। ।

इटालीका प्रधानमन्त्री जुजेपे कोन्टेले अप्रिलको पहिलो सातासम्म यो रोक जारी रहने बताएका छन्। कोरोनाभाइरसबाट इटाली चीनपछि सबैभन्दा बढी प्रभावित देश हो।

प्रधानमन्त्रीको घोषणाअनुसार  यो रोक देशको मुख्य आर्थिक केन्द्र मिलान र प्रमुख पर्यटकिय क्षेत्र भेनिसमा अप्रिल ३ सम्म लागू हुनेछ।

कोरोनाभाइरसको संक्रमणका कारण इटालीमा शनिबारसम्म २३० जनाको ज्यान गइसकेको छ भने संक्रमितको संख्या १२ सयबाट ह्वातै बढेर पाँच हजार ८ सय ८३ पुगेको छ। बितेका २४ घण्टामा थप ५० जनाको ज्यान गएको बिबिसीले जनाएको छ।

इटालीले लोमबार्डीको उत्तरी क्षेत्रसहित मिलान, भेनिस, पार्मा र मोडेनालाई आपतकालिन अवस्थामा बाहेकका लागि बन्द राख्ने निर्णय गरेको हो। यसबाट १६ मिलियन मानिसहरू प्रभावित हुनेछन्। हालसम्म उत्तरी इटालीका करिब ५० हजार नागरिकलाई मात्र क्वारेन्टाइनमा राखिएको थियो।

अब इटाली सरकारको योजना अनुसार नाइट क्लब, जिम, स्विमिङ पुलहरू, म्यूजियम र स्की रिसोर्टहरू बन्द हुनेछन्। यसैगरी सरकारले रेष्टुरेन्टहरू खोल्ने अनुमति भने दिएको छ । रेष्टुरेन्ट खोल्ने अनुमति दिएपनि ग्राहकहरू कम्तीमा एक मिटरको दुरीमा बस्नुपर्नेछ ।

सरकारले सम्भव हुँदाको अवस्थासम्म आफ्ना नागरिकहरूलाई घरभित्रै बस्न भनेको छ र यसको उलघंन गर्नेलाई तीन महिनासम्म जेल हाल्ने चेतावनीसमेत दिएको छ । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*