प्रहरीका हिरासतमा रहेका एक युवक हतकडीसहित फरार 

हेटौडा न्युज
२५ फाल्गुन २०७६, आईतवार १९:४७
;

प्रहरीको हिरासतमा रहेका एक युवक हतकडीसहित फरार भएका छन् । सप्तरीको प्रहरी चौकी काचनमा रहेका युवक आइतबार बिहान २ः १५ बजे फरार भएको हुन् । 

घरायसी झगडाका क्रममा श्रीमतीलाई कुटपिट गरेको, गाउँलेसँग झगडा गरेको र आफैं आत्महत्या गर्न हिडेको आरोपमा बोदेबरसाईन नगरपालिका–८ रजपट्टीका करिव ३० वर्षीय महेश यादवलाई शनिबार राति करिव पौने २ बजे प्रहरीले पक्राउ गरेको थियो।

सबै सुतेको मौका पारेर उनी प्रहरी चौकीबाट फरार भएका हुन्। प्रहरी चौकीका इन्चार्ज विजय सिंहले घट्नाको पुष्टि गर्दै उनको खोजतलास भइरहेको बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*