हेटौंडामा निःशुल्क मास्क वितरण गरिने
हेटौंडामा कपडा तथा तयारी पोसाक व्यवसायी संघ मकवानपुरले माक्स निःशुल्क वितरण गर्ने भएको छ । संघले कोरोनाभाइरस संक्रमणबाट बच्नको लागि हेटौंडा उपमहानगरपालिकाको समन्वयमा हेटौंडाको बुद्धचोकबाट २५ हजार निःशुुल्क माक्स वितरण गर्ने भएको हो ।
कोरोना भाईरसको त्रास बढेसँगै नेपाली बजारमा माक्सको अभाव हुन थालेको छ । चीनको वुहान प्रान्तमा फेला परेको नोभेल कोरोना भाइरस संक्रमण नेपालमा पनि फैलिने त्रास बढेसँगै नेपाली बजारमा मास्कको अभाव हुन थालेपछि कपडा व्यवसायी संघ मकवानपुरले कोरोनाबाट बच्न प्रयोग गरिने २५ हजार माक्स निःशुल्क वितरण गर्ने भएको संघका अध्यक्ष तेजराज अधिकारीले जनाएको छ ।
उहाँका अनुसार, कोरोना भाइरस संक्रमणलाई मध्येनजर गर्दै संघले पहिलो चरणमा भोली फागुन २६ गते सोमबारदेखी हेटौंडाको बुद्धचाकबाट माक्स वितरण गरिनेछ ।
जिल्ला प्रशासन कार्याललय मकवानपुरले केही दिनअघि मकवनपुर जिल्लाभित्र अर्को सूचना जारी नभएसम्मका लागि मेला, महोत्सव र सभासम्मेलनलगायत मानिसहरुको जमघट हुने कुनै पनि कार्यक्रम गर्न रोग लगाएको छ ।