कार्यालयमा आगलागी हुँदा कार्यालय सहयोगी जलेर गम्भीर घाईते 

हेटौडा न्युज
२८ फाल्गुन २०७६, बुधबार १६:५९
;

सुदुरपश्चिमको एक कार्यालयमा आगलागी हुँदा कार्यालय एक कार्यालय सहयोगी जलेर गम्भीर घाईते भएका छन् ।  जोरायल गाउँपालिकास्थित कृषि शाखा उपकेन्द्रमा आगलागी हँदा सहयोगी बलबहादुर खड्का जलेर गम्भिर घाइते भएका हुन् । 

आज बुधबार बिहान करिब ४ बजेतिर भएको आगलागीमा कार्यालयमा बस्दै आएका ४५ वर्षीय खड्का जलेर गम्भिर घाइते भएका हुन् । घाइते खड्कालाई उपचारका लागि कैलालीतर्फ लैजाने तयारी भइरहेको डोटीका प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले जनाएको छ । विस्तृत विवरण भने आँउन बाकी रहेको प्रहरीले जनाएको छ । 

स्थानीयवासी, कर्मचारी, इलाका प्रहरी कार्यालय जोरायलबाट खटिएको टोलीले आज बिहान ५ बजेतिर मात्रै आगलागी नियन्त्रणमा लिएको स्थानीयवासी लोकेन्द्रबहादुर छेडालले जानकारी दिए ।
 आगलागीका कारण कम्तीमा पनि ८–१० लाख मूल्य बराबरको क्षति भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*