पूर्वसञ्चारमन्त्री  बाँस्कोटाको घरमा बम बिस्फोट गराएको आरोपमा एकजना पक्राउ

हेटौडा न्युज
२८ फाल्गुन २०७६, बुधबार १८:०४
;

पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम बिस्फोट गराएको आरोपमा प्रहरीले  एक जनालाई पक्राउ गरेको छ ।

मनोहरा सुकुम्बासी बस्तीबाट अन्दाजी ५० वर्षका देव गुरुङलाई महानगरीय प्रहरी वृत्त ठिमीको टोलीले पक्राउ गरेको हो।

पक्राउ परेका गुरुङसँग बयान लिने काम भइरहेको महानरीय प्रहरी परिसर प्रमुख एसपी सविन प्रधानले नेपाल समयलाई जानकारी दिए । उनका अनुसार घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।

बुधबार बिहान ७ बजेर ४० मिनेट जाँदा बाँस्कोटाको लोकन्थलीमा निर्माणाधीन घरमा बम विस्फोट भएको थियो । विस्फोटबाट बाँस्कोटाको घरसँगै रहेका अरु तीन वटा घरमा पनि सामान्य क्षति पुगेको छ ।  

बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि फागुन ८ गते सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट राजीनामा दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*