हेटौंडा अस्पताललाई वाणिज्य संघ मकवानपुरको १ हजार थान मास्क
हेटौंडा अस्पताललाई उद्योग वाणिज्य संघ मकवानपुरले १ हजार थान मास्क सहयोग गरेको छ । आज एक कार्यक्रमको आयोजना गरी संघका कार्यबाहक अध्यक्ष माधव न्यौपानेले अस्पतालका डाक्टर हरि खड्कालाई मास्क हस्तान्तरण गरेका हुन् ।
उद्योग वाणिज्य संघ मकवानपुरका कार्यबाहक अध्यक्ष माधव न्यौपानेका अनुसार भोलीबाट उपचार गर्न जाने सेवाग्राहीलाई अस्पतालले मास्क बाँड्ने छ ।
विभिन्न योजना बनाई संघले अझै ४ हजार मास्क गरी बाँड्ने लक्ष्य लिएको न्यौपानेले बताए ।











