मकवानपुरको मनहरी गाउँपालिकाले ३२ वटै विद्यालयका विद्यार्थीहरुलाई खाजा खुवाउने

मनहरी गाउँपालिकाले दिवा खाजा कार्यक्रम सुरु गरेको छ । विद्यार्थीको शैक्षिक गुणस्तर बृद्धि गर्न र विद्यालय छाड्ने दर कम गराउनका लागि गाँउपालिकाले यस्तो कार्यक्रम सुरु गरेको हो ।
फागुन २१ गते बसेको छैटौं गाउँसभाले गाउँपालिकाभित्रका ३२ वटै विद्यालयका प्राथमिक तहका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने निर्णय गरेको थियो ।
गाउँपालिकाले चालू आर्थिक बर्षमा को चैत, बैशाख, जेठ र असार महिनामा गरी विद्यालय खुल्ने ६० दिनका लागि ४ हजार ७ सय ८२ जना विद्यार्थीलाई निःशुल्क खाजा खुवाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईंले बताएका छन् ।
प्रतिविद्यार्थी १५ रुपियाँका दरले खाजा खुवाउने तयारीरहेको गाउँपालिकाले जनाएको छ । दिवा खाजा कार्यक्रमबाट विद्यार्थीहरुको विद्यालय छाड्ने दर कम हुने, पोषणको मात्रा पूरा हुने र विद्यालय समयभर विद्यार्थीहरु विद्यालयबाहिर नजाने अपेक्षा गाउँपालिकाले गरेको गाउँपालिका उपाध्यक्ष एबम् प्रवक्ता मनिला बिष्टले जानकारी दिएका छन् ।