पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाको घरमा विष्फोट गराइएको प्रकरणमा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी भन्ने विप्लव समूहको संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको हो ।
प्रहरीको यही भनाइलाई बल पुर्याउने गरी समूहको मुखपत्र इरातो खबर डटकमले पर्चा सार्वजनिक गरेको छ । पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा भएको बम बिस्फोटको जिम्मा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाले लिएको छ । बाँस्कोटाको जडिबुटीस्थित नवनिर्मित घरमा आज बिहान बम बिस्फोट भएको थियो । घटनास्थलमा छाडिएको भनिएको पर्चामा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड घुस मागेर भ्रष्टाचारी अनुहार उदाङ्गो पारेकाले करबाही गरिएको भनिएको छ । पर्चामा दश वटा तर्क उल्लेख गरिएको छ ।
बुँदागत रुपमा विष्फोटकको कारण उल्लेख गर्दै भनिएको छ, ‘२४ अर्बको सेटलाइट खरिद प्रकरणमा करोडौं रकम भ्रष्टाचार गरेकाले, १९ अर्बको फोरजी सेवा विस्तारका दौरान करोडौं रकमको दुरुपयोग गरेकाले, १० अर्बको अप्टिकल फाइबर विस्तारमा करोडौं कुम्ल्याएर देशलाई कङ्गाल बनाउने भूमिका खेलेकाले ।’
सरकारको प्रवक्ता पदको समेत दुरुपयोग गरेको दाबी गरिएको छ । साथै, समूहमाथि प्रतिबन्ध लगाउने, फासिवादी दमनको योजनाकार र हत्याको मतियार बास्कोटा बनेको पनि उक्त पर्चामा दाबी गरिएको छ ।
Your email address will not be published. Required fields are marked *
प्रतिक्रिया दिनुहोस्
नाम (अनिवार्य) *
इमेल (अनिवार्य) *