आफ्नो घरमा विष्फोट भएपछी बाँस्कोटाले भने ‘सबै विषयको छानबिन होस् म बढी बोल्दिनँ’ !

हेटौडा न्युज
२८ फाल्गुन २०७६, बुधबार २०:१७
;

सञ्चामन्त्री गोकुल बाँस्कोटाले आफ्नो निवासमा बम विष्फोट भएको घटनामा सबै विषयको छानबिन हुनुपर्ने प्रतिक्रिया दिएका छन् । आज बुधबार बिहान मन्त्री बाँस्कोटाको मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली मनोहरा फाँटस्थित निवासमा शक्तिशाली विष्फोट गराइएको थियो ।

बाँस्कोटाले भनेः  ‘मैले सम्पूर्ण रुपमा सबै विषयहरुको छानबिन होस् भनेरै राजीनामा दिएको हो, अहिले यो सब कसले र किन गरिरहेको छ, म बढी बोल्दिनँ, यसमा मेरो केही प्रतिक्रिया छैन, सबै विषयको छानबिन हुनुपर्छ ।  सेक्युरिटी प्रिन्टर खरिद प्रक्रियामा ७० करोड कमिसनको मोलतोल गरेको अडियो रेकर्ड सार्वजनिक भएपछि बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

कमिसन प्रकरणमा मुछिएका बाँस्कोटाले राजीनामा दिएपछि उनीलक्षित आक्रमण हुन सक्ने भन्दै प्रहरी अलर्ट थियो ।  यो घटना प्रतिबन्धित विप्लव समूहले गराएकोमा सुरक्षा निकाय स्पष्ट छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*