हेटौंडा भीमफेदी कुलेखानी सडक स्तरोन्नती सहित फराकिलो बनाइने

हेटौडा न्युज
२८ फाल्गुन २०७६, बुधबार २०:३३
;

हेटौंडा भीमफेदी कुलेखानी सडक फराकिलो पार्ने काम सुरु भएको छ । बागमती प्रदेश सरकारले बागमती प्रदेशको राजधानी हेटौंडा र संघीय राजधानी काठमाण्डौ जोड्ने छोटो दुरीको सडकको स्तरोन्नती सहित चौडा पार्ने काम सुरु गरेको हो ।

बागमती प्रदेश सरकारले मदन भण्डारी मार्ग (हेटौंडा–काठमाण्डौ छोटो सडक खण्ड) अन्तर्गतको भीमफेदी देखी कुलेखानीसम्म १५ किलोमिटर सडक स्तरोन्नती सहित फराकिलो पार्ने काम २ वटा प्याकेजमा सुरु गरीएको हो । 

सडक सतरोन्नती र चौडा पार्नका लागि बागमती प्रदेश सरकारले १७ करोड २४ लाख १९ हजार ५ सय २१ रुपैयाँमा निर्माण कम्पनीले ठेक्का दिएको छ ।

यसैगरी देउरालीबाट कुलेखानी सम्मको ६ किलोमिटर सडक खण्ड निर्माणका लागि १५ करोड ७० लाख ६६ हजार ६ सय ३८ रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।

यी दुबै खण्ड निर्माणका लागि गत माघ १० गते ठेक्का काम सम्झौता गरेर निर्माण सुरु गरीएको हो । सडक स्तरोन्नतीको काम एक बर्षभीत्र सम्पन्न गर्नै गरी सम्झौता गरिएको भौतिक पूर्वाधार बिकास मन्त्रालयले जानकारी दिएको छ ।

दुबै खण्ड निर्माणका लागि अलग अलग निर्माण कम्पनीहरुले ठेक्का पाएका छन् ।

यो सडकको मोड सुधार गर्नुका साथै सडकलाई ६ मिटर चौडा र कालोपत्रै समेत हुने भौतिक पूर्वाधार बिकास मन्त्रालयले जनाएको छ । 

सडकको स्तरोन्नतीपछि प्रदेशका १२ जिल्लाहरुलाई राजधानी हेटौंडा आउन थप सहज हुने छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*