विशेष सुचनाको आधारमा ६ किलो गाँजासहित एकजना पक्राउ

हेटौडा न्युज
२८ फाल्गुन २०७६, बुधबार २३:१५
;

६ किलो ४ सय ३५ ग्राम गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीले बुढानीलकण्ठ नगरपालिका-४, पासिकोटका गंगाराम केसीको जग्गा भाडामा लिएर टहरो बनाइ बसेका ३३ वर्षीय सुनिल न्यौपानेलाई पक्राउ गरेको हो ।  महानगरीय प्रहरी प्रभाग, बुढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले उनलाई विशेष सूचनाको आधारमा पक्राउ गरेको हो ।

न्यौपानेले कोठाबाट गाँजालगायत अन्य लागूऔषध बिक्री गर्ने गरेको सूचनाको आधारमा खानतलासी लिइएको प्रभागका प्रमुख प्रहरी निरीक्षक भुपेन्द्र गिरीले जनाएको छ ।  त्यसक्रममा दराजमा रातो र हरियो प्लास्टिकको ८ वटा पोकामा लुकाइएको अवस्थामा गाँजा औषधिजन्य लागूऔषध फेला परेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*