विप्लव समुहका दुई नेताले जिल्ला अदालत मकवानपुरबाट पाए सफाई
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित (नेकपा) समुहका दुई नेताले सफाइ पाएका छन् । मनहरी गाउँपालिका ३ हाँडीखोलाका राजकुमार पाख्रिन र राक्सिराङ गाउँपालिका निवासी सूर्य अर्यालले बुधबार जिल्ला अदालत मकवानपुरबाट सफाइ पाएका हुन् ।
बुधबार जिल्ला न्यायाधीस सीता अधिकारीको एकल इजलासले पाख्रिन र अर्याललाई लागेको आरोप प्रमाणित नभएपछि सफाइ दिइएको हो ।
प्रतिबन्धित नेकपाको जिल्लास्तरका नेता रहेका पाख्रिन र अर्याललाई राजमार्गमा बिस्फोटक पदार्थ राखेको आरोपमा बैशाख २०७५ मा हेटौंडा ३ बसामाडीबाट प्रहरी टोली पक्राउ गरेको थियो ।
हिजो बुधबारको इजलासले आरोप प्रमाणित नभएपछि सफाइ दिएको हो । अर्याललाई पनि ५ हजार धरौटीमा छाड्ने अदालतले आदेश दिएपनि धरौटी नबुझाएका कारण उहाँ र्पुपक्षका लागि थुनामा राखिएको थियो ।