सभामुख सापकोटा संलग्न रहेको भनिएको हत्या प्रकरणः ‘जिउँदै गाडिएको लामाको मृत्युको कुनै प्रमाण छैन

हेटौडा न्युज
२९ फाल्गुन २०७६, बिहीबार १३:१७
;

जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटालगायतले हत्या गरेका भनिएका अर्जुनबहादुर लामाको मृत्यु भए÷ नभएको अझै यकिन गर्न नसकिएको सर्वोच्च अदालतलाई बताएको छ ।

सो कार्यालयका प्रमुख रविकुमार पौडेलले केही दिनअघि सर्वोच्च अदालतमा लिखित जवाफ पेस गर्दै अनुसन्धान गर्दै जाँदा लामाको मृत्यु भए÷नभएको अझै यकिन गर्न नसकिएको उल्लेख गर्नुभएको हो।

लामाकी श्रीमती पूर्णिमायाँले आफ्ना पतिलाई सापकोटालगायतले ह’त्या गरेको भनी २०६५ साल साउन २७ गते किटानी जाहेरी दिनुभएको थियो।
सो जाहेरीमा दिइएको तथ्यअनुसार हालसम्म उचितरूपमा अनुसन्धान नभएको भनी आलोचना भइरहेको छ।

काभ्रे प्रहरी कार्यालयमा हत्याको आरोप लागेको जाहेरी हुँदाहुँदै सापकोटालाई सभामुख बनाउन लागिएको उल्लेख गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट निवेदन दायर गर्नुभएको थियो।

सो रिट निवेदनमाथि भएको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश सपना प्रधान मल्लको इजलासले उक्त जाहेरीमाथि भएको अनुसन्धानको प्रगति विवरण पठाउन आदेश दिएको थियो।

लामालाई २०६२ साल वैशाख १६ गते काभ्रे जिल्लाको श्रीकृष्ण माध्यमिक विद्यालयको प्राङ्गणबाट अ’प’ह’र’ण गरी सोही सालको असारको दोस्रो हप्ता बुढाखानी गाविसमा खाल्डो खनी जि’उँदै गा’डेको आरोप लगाइएको छ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेको लिखित जवाफमा उल्लेख गरिएको छ– ‘यस कार्यालयबाट सूक्ष्म रूपमा अनुसन्धान गर्दा हालसम्म निज अर्जुनबहादुर लामाको मृत्यु भए ÷ नभएको एकिन गर्न नसकिएको तथा निजलाई हत्या गरी गाडिएको भनिएको कापजि बुढाखानी गाविसको चारकिल्लाभित्र कुनै प्रमाण फेला पर्नसकेको छैन।’ लिखित जवाफमा सो बारेमा अनुसन्धान कार्य अझै जारी रहेको जिकिर गरिएको छ।

स्रोतः नेपाल समाचारपत्र

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*