धारिलो हतियार प्रयोग गरी १५ वर्षीय छारोको हत्या 

हेटौडा न्युज
२९ फाल्गुन २०७६, बिहीबार १५:०४
;

कञ्चनपुरमा धारिलो हतियार प्रयोग गरी बुबाले आफ्नै १५ वर्षीय छोराको हत्या गरेका छन् । बुधबार बेलुका भीमदत्त नगरपालिकाको उल्टाखामका डम्बर चन्दले आफ्नै १५ वर्षीय छोरा सुवर्ण चन्दको ह’त्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी रवीन्द्र पौडेलले बताएका छन् । 

उनका अनुसार फरुवा र कैँची प्रयोग गरी डम्बरले छोराको ह’त्या गरेका हुन्। हत्यामा प्रयोग भएका ती सामग्री घरभन्दा केही पर पुरिएको अवस्थामा बरामद गरिएको डीएसपी पौडेलले बताएका छन् ।

डम्बरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको मानसिक अवस्था ठिक नभएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी पौडेलले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published.


*