६ जनामा कोरोनाको आशंका, टेकु र पाटन अस्पतालमा राखियो
कोरोना भाइरस संक्रमण भएको आशंकामा ६ जनालाई काठमाडौंको दुई अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । ४ जनालाई टेकु अस्पताल र २ जनालाई पाटन अस्पतालको आइसोलेसन वार्डमा राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता डा विकास देवकोटाले संक्रमणको आशंकामा ६ जनालाई आइसोलेसन वार्डमा राखिएको जानकारी दिएका छन् ।
उनले विभिन्न ८ देशका नागरिकलाई नेपाल आउनका लागि रोक लगाइएको बताएका छन् ।










