विप्लव समुहले जर्बजस्ती लगिएकी एक किशोरीको उद्धार, हतियारसहित १४ कार्यकर्ता प्रहरीको नियन्त्रणमा 

हेटौडा न्युज
२९ फाल्गुन २०७६, बिहीबार २३:२२
;

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले जबर्जस्ती लगिएकी एक किशोरीलाई उदयपुरबाट प्रहरीले उद्धार गरेको छ । धनुषाबाट जबर्जस्ती लगेकी किशोरी उद्धार गर्नेक्रममा प्रहरीले विप्लव समूहका १४ जना कार्यकर्तासमेत पक्राउ गरेको छ ।

धनुषाबाट विप्लव समूहले जबर्जस्ती आफूसँग लगेकी १५ वर्षीया गीता मोक्तानलाई कटारीबाट उद्धार गरिएको उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बीरबहादुर बुढाले जानकारी दिएका छन् । 

किशोरीको उद्धार गर्ने क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले १५ जना विप्लव समूहका कार्यकर्तालाई ३ वटा हतियारसहित पक्राउ गरेको बुढाले जनाएको छ । 

पक्राउ परेकाहरुलाई धनुषा पठाउने तयारी भएको बुढाले जानकारी दिए। मोक्तान परिवारले विप्लव समूहले जबर्जस्ती छोरीलाई साथमा लिएर गएको खबर गरेपछि प्रहरी परिचालन भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*