घुस रकमसहित नायब सुब्बा र लोखापरिक्षक पक्राउ
५ हजार घुस रकमसहित कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा कार्यरत नायब सुब्बा डोर प्रसाद पन्थी र लेखापरीक्षक रामचन्द्र श्रेष्ठ पक्राउ परेका छन् ।
पन्थीले अभिलेख अध्यावधिक गर्ने प्रयोजनका लागि आउने अख्तियारवाला व्यक्तिहरुबाट काम सहज गरिदिए बापत घुस मागेको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पन्थी र लेखापरीक्षक श्रेष्ठलाई पक्राउ गरेको हो ।
पन्थी र श्रेष्ठबीच घुस बापतको ५ हजार लिने दिने क्रममा उक्त रकमसहित कार्यालय परिसरबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।