कोरोनाको त्रासः यी ८ देशका नागरिकलाई नेपाल प्रवेशमा कडाई 

हेटौडा न्युज
२९ फाल्गुन २०७६, बिहीबार २३:४९
;

विश्वभर कोरोना भाईरसको त्रास फैलिरहेको समयमा नेपाल सरकारले ८ मुलुकका नागरिकलाई कडाइ गर्न थालेको छ ।  नेपालमा फैलन नदिन सो रोगको उच्च संक्रमण भएका देश चीन, इरान, इटाली, दक्षिण कोरिया, जापान, फ्रान्स, जर्मनी र स्पेनका नागरिकलाई नेपाल आउन कडाइ गरिएको हो ।

ती देशका नागरिकलाई अनअराइभल भिसा स्थगित गरिएको बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए । 

मन्त्रालयका अनुसार कोभिड–१९ रोगको उच्च जोखिम भएका ती मुलुकहरुबाट आउने यात्रुलाई रोग नभएको प्रमाणित हुने कागज लिएर मात्र नेपाल प्रवेश हुन पाउने प्रावधान अनिवार्य गरिएको छ ।

उच्च जोखिम भएका मुलुकहरुबाट आउने सबै यात्रुका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ज्वरोको स्क्रिनिङ्ग र स्वघोषणा फारम भर्ने अभियानलाई अनिवार्य लागू गरिएको पनि मन्त्रालयले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*